पर्सा , असार २०
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं ४ देउरवानामा अस्ति चट्याङ लागेर मृत्यु भएकाको परिवार र घाइते भएकाहरूलाई सखुवाप्रसौनी गाऊँपालिकाबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।चट्याङबाट मृत्यु भएका रघुवीर यादवकी पत्नी मीरादेवी यादवलाई नगद ५० हजारको चेक गाऊँपालिका अध्यक्ष प्रदीप जैसवालले हस्तान्तरण गरेका थिए ।यसैगरी, घाइते रम्भा देवी, मैना देवी, गीता देवी, विशालकुमार गुप्तालाई उपचारार्थ जनही १० हजारको चेक पीडितको घरमा गएर हस्तान्तरण गरिएको गापाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवले बताए ।