पर्सा , असार २०
पर्साको पकाहामैनपुर गाउँपालिका देखी छिपहरमाई गाँउपालिका सम्म जाने बाटो नै नबनाई वर्षाले बाटो बगायो भन्दै दाबी गर्दै क्षतिपूर्तिको मांग गर्न रञ्जन जेभी कन्ट्रक्सनका संचालक सुरेश सहनी पुगे बीमा कम्पनी।
सबैठवा देखी भिस्वा , टिहुकी , चार्गहा हुँदै मिर्जापुर सम्म जाने बाटो बनाउन ठेक्का लिएको रञ्जन जेबी कन्ट्रक्सनले २ साल विती सक्दा पनि बाटो बनाउन सकेन। वर्षायाममा हरेक साल काम सुचारु गरी बर्षाले बाटो बगायो भने क्षतिपूर्तिको मांग गर्दै बीमा कम्पनीबाट गत साल पनि रकम लिएको छ। ठेक्का लिई काम नगरी हरेक साल वर्षायाम सुरु हुने बेला अलिकति काम गरी बर्षा सुरु भए पछी काम गरी रोकी वर्षाले बाटो बगायो भन्दै क्षतिपूर्तिका लागि बीमा कम्पनीलाई दबाव दिइ रकम असुली गरेका थिए ।
वर्षात सुरु हुने लगत्तै नेको इन्सुरेन्स लिमिटेड कम्पनीमा २०७८/०३/१३ गते रञ्जन जेभी कन्ट्रक्सनका संचालक सहनी पुगी बीमा नविकरणका लागि आवेदन दिएका थिए। नविकरण शुल्क तिर्न बापत रञ्जन जेबीका सञ्चालकले चेक दिएका थिए , पछि उक्त चेकको रकम जम्मा गर्न लगाउँदा उक्त चेकको खातामा पैसा नभएको भन्दै बीमा कम्पनीले जानकारी गराउँदा १८ गते अर्को चेक मार्फत नविकरण शुल्क जम्मा गराएका थिए।
नेको इन्सुरेन्स लिमिटेड कम्पनीमा बीमा नविकरण हुन लगतै बीमा कम्पनीलाई फोनबाट बाटोमा बढी क्षति भएको र वाटसअप गरि फोटो पठाइ क्षतिपूर्ति पाउनका लागि दबाव दिएको नाम नखोल्ने शर्तमा बीमा कम्पनीका एक कर्मचारीले बताए।
रञ्जन जेभी कन्ट्रक्सनले प्रदेश सरकारबाट बाटो निर्माण सम्बन्धी सम्पूर्ण काम लिई अलपत्र पारेको र यस्तै पर्साको पोखरीया नगरपालिका देखि लंगडी हुँदै हरिहरपुर सम्म जाने बाटो बनाउन ठेक्का लिई अलपत्र पारी मात्र बीमा कम्पनीबाट पैसा असुल्न चलखेलमा लागेको एक जनाले बताएँ।
रञ्जन जेभी कन्ट्रक्सन मुख्यमंत्रीको विश्वास पात्र बनेको र राजनीतिक आडमा परी विकास निर्माणका काम अलपत्र पारी मात्र बीमा कम्पनीबाट क्षतिपूर्ति लिन सक्रिय रहेको एक स्रोतले जनाएको छ। पर्सा जिल्ला क्षेत्र नम्बर ४ को (ख) का प्रदेश सभा सदस्य शिंघासन् साह कलवारको संरक्षणमा सम्पूर्ण विकाश निर्माणको कामको ठेक्का लिई काम अलपत्र पारेको स्थानियले आरोप लगाएका छन।क्षतिपूर्ति लिनका लागि अहिले गाउँपालिकाबाट लिखित सिफारिस गराउन चलखेलमा लागेको एक जनाले बताएक छन।
प्रदेश सभा सदस्य शिघाशन साह कलवारले राजनीतिमा आएपछी आफू बदनाम हुनबाट बच्नका लागी रञ्जन जेभी कन्ट्रक्सन आफनै कम्पनीमा कार्यरत सुरेश सहनीका नाममा कन्ट्रक्सन गरेका हुन तर नामको मात्र सुरेश सहनी हुन पूरै कारोबार कलवार नै हेर्दै आएका छन भने एक स्थानीयले बताए।
कलवार स्थानीय चुनावमा छिपहरमाई गाऊँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता सँग़ पराजित भएका थिए | पैसाको भरमा प्रदेश सभा सदस्य को टिकट लिइ मधेश आन्दोलनका शहीदहरूको फोटो देखाउदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन।