पर्सा , असार २१
अपन राधेमाई युवा क्लवद्वारा वीरगन्ज महानगरपालिका ,वार्ड नं १० टोल रानीघाट होलिल्याण्ड स्कूल नजिक लगातारको वर्षा कारण स्थानियको घरमा पानी पस्दा प्रभाबित भएकालाई राहत वितरण गरेको छ।बेलुका सिर्सिया खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा सयभन्दा बढी घर डुबानमा परेको थियो ।

बाढीपीडितको रासनको लागि अत्यन्तै नै आवश्यकता परेको हुनाले रानीघाटमा रहेका क्लबका सदस्य राज यादवले बाढि पीडितको अवस्था बुझी क्लबलाई जानकरी गराउदा समय न हेरी त्यहाँ पुगेर त्यहाँको अवस्था बुझेर केही बेरमै अपन राधेमाई युवा क्लवले १५ घर परिवारलाई एक महिना भरी पुग्ने गरी राहत वितरण गरिएको क्लबका अध्यक्ष पवन यादवले बताए।राहत समाग्रीमा १ बोरा चामल,२ किलो दाल,१ किलो चना, २.५ किलो आलु, ५०० ग्राम तेल, एक पिस र्तिपाल,२०० ग्राम सोयाबिन ,१ प्याकेट लगायतको राहत सामग्री बितरन गरिएको क्लबका सचिव बिनय कुशवाहाले बताए ।

कहिपनी बाढी पिडित घर बगाएको र खानको लागि आवश्यकता छ भने अपन राधेमाईको पेजमा मैसेज गर्दा हामी त्यहा पुगी हेरी राहत सामग्री दिने छौ भने क्लबका सदस्य सोनुले बताए।उक्त क्लबका लागि घरको स्तम्भ जस्तो खडा उभिदीएकोमा ( Aid for living life) लाई हृदय देखि नै धन्यवाद दिदै निरन्तर हामी जनता को सहयोगमा दिन रात तत्पर छौँ भने सचिव कुशवाहाले बताए।उक्त कार्यक्रममा क्लबका सलाहकार सुरज पटेल,सदस्य सोनु पटेल,रुपेश चौरसिया ,प्रितम गुप्ता,राज यादव लगायतको उपस्थिति रहेको थियो ।