काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल राष्ट्रिय अण्डर १६ महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा पर्साको वीरगञ्जका सुलभ जंग राणालाई नियुक्त गरेको छ ।
उनले ०५ पौसदेखि नेपालमा आयोजना हुन लागेको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाल राष्ट्रिय अण्डर १६ महिला फुटबल टिमका टोलीलाई प्रशिक्षण दिने छन् ।
यस्तै नेपाल राष्ट्रिय अण्डर १६ महिला टिमको सहायक प्रशिक्षणमा वीरगञ्जकै गृष्म शाक्य नियुक्त भएका छन् ,भने प्रमुख एवं सहायक प्रशिक्षणमा वीरगञ्जका राणा र शाक्य नियुक्त हुँदा पर्सा लगायत अन्य जिल्लामा बसोबास गर्ने सर्वसाधारणहरु निकै खुसी भएका छन् ।
यसरी एउटै जिल्लाका प्रमुख र सहायक पाउँदा हुने खेलमा नेपाली फुटबल महिला टिमलाई राम्ररी प्रशिक्षण दिई खेल जिताएर झन् नाम सहित पहिचान बनाउन सफल हुनका लागि पर्सा बासीले अपिल गरेका छन्
प्रशिक्षक राणा र शाक्यले पहिलो पटक नेपाल राष्ट्रिय अण्डर १६ महिला टोलीको प्रशिक्षण सम्हाल्न लागेका हुन् । यसअघि उनीहरु विभिन्न टिमका प्रशिक्षण भइसकेका तथा लामो अनुभव भएका हुन् ।
साथै उक्त खेल सम्पन्न भएको १५ दिन भित्र एन्फा सचिवालयमा प्रतिवेदन पेश गर्नु पर्ने समेत उनलाई जानकारी गराइएको छ ।