वीरगन्ज ,असार २१


सामाजिक सुरक्षा कोषकाविरुद्ध वीरगन्जमा वाणिज्य बैंकका कर्मचारीहरुले प्रदर्शन गरेका छन् । कोषमा आफूहरुलाई जबरजस्ती आबद्ध गरी खाइपाइ आएको सेवासुविधा समेत कटौती गर्ने खोजिएको भन्दै उनीहरु बिरोधमा उत्रिएका हुन । बैंकरहरुले कोषमा आवद्ध हुन नसकिने पाचवटा कारण सार्वजनीक गरेका छन ।सामाजिक सुरक्षा कोष ऐन नियमावली तथा कार्यविधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरूले संयुक्त रुपमा पेश गरेका सुझावहरूको सम्बोधन नगरिएकोले १ घण्छा विरोधमा उत्रिएको थिए ।कोषको कार्यविधि एवं नियमावलीमा बित्तिय संस्थाका कर्मचारीहरुले दिएको सुझाव समावेश नगरिएकोले आफूहरु बिरोधमा उत्रिएको बैंकर गुरुपका अध्यक्ष नितेश खड्कीले बताउनु भयो । योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको हुनाले र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धीहरु समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनामा कदापी संलग्न हुन नसकिने बैंकरहरुले बताएका छन् । वीरगन्जको पुरानोब बसपार्कमा भेला भएका बैंककर्मीले नाराबाजी समेत गरेका थिए । उनीहरुले जबर्जस्ती कोषमा दर्ता नगरिदिन माग गरेका छन ।