पर्सा , असार २१
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चक्लाबन्दि पकेट ब्लक जोन अन्तर्गत मेसिन द्वारा धान रोप्ने कार्यक्रम आज सम्पन्न भएको छ ।
पर्सागढी नगरपालिका वडा न ३ को झुलिटार गाउमा मेसिन बाट धान रोप्ने कार्यक्रम सम्पन्न भएको हो ।
सुनाखरी कृषि सहकारी सस्था पर्सागढी नगरपालिका - ३ को आयोजना र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई पर्साको सहयोगमा किसान लाई आधुनिक कृषि रोपाइको लागि मेसिन बाट करिब १० कठा रोपाइ गरि देखाईएको थियो ।यश प्रबिधि बाट ४०% काम बढी हुने ६० % समयको बचत हुने र १०% उत्पादनमा वृद्धि हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ पर्साका प्रमुख रोसन अधिकारी ले बताउनुभयो । साथै धान जोन अन्तर्गत रहेका कृषक हरुको आगामी बर्ष देखि मेसिन बाट धान रोपाइ गरिने उनले बताए ।कार्यक्रममा कृषि औजार केन्द्र पर्साका इन्जिनियर दोरिका चौधरी , सुनाखरी कृषि सहकारी सस्थाका अध्यक्ष सरस्वती भट्टराई , बिक्रम कार्की लगायत किसान हरुको सहभागीता रहेको थियो ।