

पर्सा , असार २२
प्रधानमन्त्री कृषि परियोजना ,परियोजना इकाइ पर्सा बाट आर्थिक बर्ष २०७७-२०७८ को बजेट बाट ५०% प्रतिशात अनुदान मा तरकारी जोन लागू गरेको गाउपालिका तथा नगरपालिका का १२ वटा कृषक समुह हरु लाई आज एक कार्यक्रम गरि टेम्पो वितरण गरिएको छ ।प्रधानमन्त्री कृषि परियोजना जोन पर्साका प्रमुख रोशन अधिकारी ले आज बिरगंज मा रहेको श्री लक्ष्मी मोटर्श प्रा.लि. बाट १२ थान टेम्पो बितरन गरिएको हो ।सो टेम्पो को बजार मुल्य ६४४९९२।- छव लाख चौवालिस हजार नौब सय ब्यान्न्बे रुपैया पर्छ भने प्रधानमन्त्री कृषि परियोजना अन्तरगत नेपाल सरकारबाट कृषिमा आधारित बर्ग समुह लाई ५०% छुठ अर्थात ३,२२,४९६।- तिन लाख बाईस हजार चार सय छयान्न्बे रुपैयाँ कृषकहरुलाई बितरन गरिएको हो ।प्रधानमन्त्री कृषि परियोजना जोन कर्यालय पर्साले ५०% को रकम अनुदानमा दिएको छ ।कृषिमा आधारित बर्ग समुहलाई तरकारीको बजारसम्म सरल पहुच को लागि मालसामान ओसार पोसारको लागि JSA कम्पनी को माल बाहक ढुवानी तीन पाङ्ग्रे टेम्पो पर्सा जिल्ला मा रहेका सहकारी संस्थाहरुलाई वितरण गरिको छ।प्रधानमन्त्री कृषि परियोजना जोनमा आवद्ध जय हनुमान कृषक समूह ,सुर्य तरकारी कृषक समूह ,मलङ बाबा कृषक समूह, श्री राम कृषक समूह,सर्बोतम कृषक समूह, सोनु कृषि फर्म , अनिसा कृषि फर्म , श्री शक्ति कृषक समूह ,श्री राम जान्की तरकारी कृषक समूह ,पटन देवि माइ कृषि फर्म ,श्री चेतना कृषक बहुदेशिय कृषक समूह ,श्री दुर्गा मिश्रति कृषक समूह लाई तरकारी ढुवानीगर्नको लागि टेम्पो बितरन गरिएको प्रधानमन्त्री कृषि परियोजना जोन पर्साका प्रमुख रोशन अधिकारी बताए ।