वीरगन्ज, असार २२
पर्साका २ जना पत्रकार सम्मानित भएका छन् । बिबिसी पर्साकी संवाददाता एवम् सामुदायीक रेडियो नारायणी एफ एमकी समाचार प्रमुख माधुरी महतो र ग्यालेक्सी फोर के टेलिभिजनका पर्सा संवाददाता इर्फान अली सम्मानित भएका हुन् । स्वर्गीय गिरीजाप्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीको अवसरमा जिपि फाउण्डेशन पर्साले स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कारबाट महतो र अली सम्मानित भएका हुन् । जनही २५÷२५ हजार र प्रमाणपत्र तथा दोसल्लाबाट सम्मानित हुने पत्रकारद्वयले सम्मानले थप हौसला प्राप्त भएको बताउँदै अँझै कलम र आम नागरिकका सवालप्रति जिम्मेवार बनाएको प्रतिक्रिया दिए । कार्यक्रममा बीरगंज महानगरापालिकाको उप प्रमुख शान्ति कार्की, नेपाली कांग्रेसका नेताहरु दीनाप्रसाद गुप्ता, रामनारयाण कुर्मी, श्याम पोखरेल, बिजय सरार्फ, प्रकाश उपाध्याय, पत्रकार महासंघका दिपेन्द्र चौहान, श्याम बन्जारा, अनुप तिवारी, रामनारायण कुर्मी, निरज पिठाकोठे, दिलिप राज कार्की, सन्तोष कुमारले आ—आफ्नो धारणा राख्नुभएको थियो ।