वीरगंज , असार २३
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ मधुवन मथवलमा गर्भवती महिलाहरुलाई घ्यु वितरण गरिएको छ ।बहुक्षेत्रीय पोषण योजना अन्तर्गत दलित तथा गरिब गर्भवतीलाई गाउँपालिकाबाट ध्यु वितरण गरिएको गाउँपालिका स्वास्थ्य संयोजक राजेश रौनियारले वताए । वडा नं. १ का ५० जना गर्भवती महिलाई घ्यु वितरण गरिएको उनले बताए। मधुवन मथवल स्वास्थ्य चौकीमा गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले गर्भवती महिलाहरुलाई घ्यु वितरण गरेका थिए । वडा नं. १ बाट मंगलबारदेखी सुरु भएको गर्भवतीलाई घ्यु वितरण कार्य सबै वडामा गरिने उनले वताए ।