काठमाण्डाै । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पाेखरा एभेन्जर्सले काठमाण्डाै गुर्खाजलाई १ सय ३९ रनकाे लक्ष्य दिएकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पाेखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायाे । पाेखराका रेमाेन रेफेरले नटआउट ४१, दिनेश खरेलले ३८ रन बनाए । काठमाण्डाैका कप्तान करण केसी र रशिद खानले ३/३ विकेट लिए ।
याे खेलमा विजयी हुने टोली प्लेअफमा पुग्ने सम्भावना बलियो हुनेछ । पराजित हुने टोलीको पनि गणितीय सम्भावना कायमै रहनेछ । काठमाण्डौ ५ खेलमा ४ अङ्कसहित छैटाैं तथा समान अङ्कसहित पोखरा सातौं स्थानमा छ ।
एनपीएलमा आजकाे दाेस्राे खेलमा जनकपुर बाेल्ट्स र चितवन राइनाेज खेल्दैछन् । जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । चितवन पनि क्वालिफायर पुग्ने सम्भावना कायमै छ । चितवन ६ खेलमा ६ अङ्कसहित चौथो स्थानमा छ ।