पर्सा , असार २३
जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागु औषधसहित १ जनालाई पक्राउ गरेको छ ।सूचना परिचालन र प्रहरी कारवाहीको शिलशिलामा बुधवार ४ :१५ बजे पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वास्थित खेतमा शंकास्पद अवस्थामा हिँडीरहेको एक जनालाई पक्राउ गरेको छ।वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ गहवा निवासी २३ वर्षीय राहुल साह अवैध लागुऔषधसहित पक्राउ परेका हुन् ।चेकजाँच गर्दा निजले बोकेको कालो प्लाष्टिकभित्र नुर्फिन, डाइजेपाम र फेनारगन १ सय ५०/१ सय ५० गरी ४ सय ५० एम्पुल फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।तरकारी बोकेको झोलाभित्र अवैध लागुऔषध ल्याएका साहलाई लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कर्यालय पर्साले जनाएको छ।