पर्सा , असार २४
पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिकाका गाऊँपालिका अध्यक्ष बिजय कुमार चौरसिया जो आफूलाई ईमानदार र विकास प्रेमी भन्न रुचाउँछन्, वास्तवमा भन्नु परेमा उनी ईमानदार र असारे विकासप्रेमी देखिएका छन् ।गाउँपालिकाको वडा नं. १ धोरे, २ मधुबनी, सुर्जाहा,मानिकपुर , ३ पकाहा, मैनपुर , ४ लहावरथकरी, खेश्रहा , भेलाहा ,५ धोबिया टोला , सबैठवा , लक्ष्मीपुर लगायत गाउँको बाटो विकास हेर्ने हो भने जोकोहीले पनी अनुमान लगाऊँन सकछ कि गाउपालिका अध्यक्ष कतिसम्म विकास प्रेमि रहेछन्। असारे बजेट धमाधम सकाउने हत्तारमा रहेका अध्यक्ष चौरसियाले यो गाउँको बाटोमा वर्षातको बेला कही मात्र माटो त कही ग्रेबलको नाउमा मात्र बालुवा र पकाहामा ग्रेबलको नाममा माटो र घासपात पुर्न लगाएका छन। परिणाम के भयो भारी वर्षातका कारण बाटो त रहेको माटो र बालुवा हिलोमा परिणत भई सर्वसाधारणलाई समस्या भयो ।हाल पुरै गाउंको बाटो हिल्लामे भएको कारण पैदल आवत जावतमा समेत कठिनाई भएको छ । वर्षातको मौसममा बाटो मरम्मत गर्नुको साटो बजेट सक्याउने उद्देश्यले पुरै बाटोमा कही बालुवा त कही माटो पुर्दा पानी परेर आवतजावत गर्नै नसक्ने भएपनि अध्यक्षले यसबारे कुनै चासो नदेखाएको गाउँवासीको गुनासो छ ।यो गाऊँपालिकाको क्षेत्रफल २१.२६ बर्ग किलोमीटर रहेको छ ।वर्षातको मौसममा एक गाऊँबाट अर्कों गाऊँमा जान सकिने अवस्था छैन।गाउँबाट आवश्यक कुनै कामले बाहिर जानु परे हिलोको कारण ढिलो हुने र समयमा पुग्न नसकिने एकजना गाउंलेले दुखेसो पोखे ।बाटोमा भएको हिलोका कारण चिप्लीएर दूर्घटना समेत हुने गरेको उनले बताए ।गाऊँपालिका कर्यालय अगाडीको बाटो पहिला भन्दा झन नराम्रो भएका कारण सेवाग्रहीलाई समस्या हुनेगरेको छ ।तत्काल यसबारे आवश्यक पहल नगरे गाऊँपालिका अध्यक्ष चौरसिया विरुद्ध आन्दोलनमा जाने स्थानीयले जनाएका छन् ।ईमानदारिता हेर्ने हो भने आफ्नो आसेपासेको गाऊँपालिकामा जागीर भएको नै ईमानदारिता देखाउन काफी छ।


तस्बिरहरु





