पर्सा , असार २४


पर्सा , असार २४
पर्सा जिल्लाको पर्सागढ़ी नगरपालिकाको भ्रष्टाचार बाहिर आउन थालेपछी सूचना मागं गर्न जादा सूचनाको सटा घुसमै कुरा मिलाऊन निमित प्रमुख प्रसासकिय अधिकृत भरत प्रसाद यादवको भनाई।दिन दीनै भ्रष्टाचारको कुरा बाहिर आएपछी सूचना माँग गर्न जादा नगरपकिकामा होईन कोवाटरमा आऊनु भने नि. प्रशासकीय अधिकृत यादवले बोलाए त्यहा पुगे पछी सूचनाको निबेदनमा तोक लगाऊँन भन्दा छोडनु किन यस्तो गर्ने हामी सबै एउटै गाऊँको हो मिलीझुली जाओ भने अधिकृत यादवले भने तर इनकार हुदा नई तपाई सूचना दिनु फेरी भन्दा कती लिने हो त्यो भन्नु बार्गेनिंग गर्नु मलाई थाह छ की सूचना माँग गर्न आउदा सबैले यस्तै बोल्छ्न । के चाहिने हो भनु म दिनछु भनी अधिकृत यादवले भने पछी हामी इनकार भए पछी अधिकृत यादवले तोक लगाएका थिए ।यो सबै कुराको अडीयो क्लिप पनी छ।यती मात्र होईन अधिकृत यादव अख्तियारबाट मुदा झेलेर आएका छन।मेयर लोकनारायण यादव र अधिकृत भरत प्रसाद यादव नातेदार हुन।पर्सागढ़ी नगरपालिकाका मेयर लोकनारायण यादवले आफ्नो नातेदार अधिकृत ल्याए पनी उहाँले सोचे जती काम हुन नसकेकोले उहाँ डिप्रेसनमा जानु भएको एक स्थानीयले बताएका छन।
नगरपालिकाले गरेको भ्रष्टाचार
नगरपालिकामा अहिले असारे विकास र बजेट सक्ने मेला शुरु भएको छ।काल्पनिक शिर्षक सृजना गरी करोडौंको भ्रष्टाचारमा जनप्रतिनिधी र कर्मचारीहरु नै संलग्न रहेपछि उनीहरुको बदमासी समय क्रमसंग अख्तियार र अन्य नियमन निकायले छानबिन गरी दोष अनुसारको कानूनको सिकञ्जामा लपेटिने कुरा सर्वसाधारण जनताले बताउन थालेका छन् ।नगरपालिकाका जनप्रतिनिधीहरुको यो अन्तिम बजेट चलाउने आर्थिक बर्ष भएको हुनाले जसरी भएपनि आउँदो निर्वाचनमा लाग्ने खर्च राज्यको कोषबाट भ्रष्टाचार गरेर कुम्ल्याउनुपर्ने मनसायमा जनप्रतिनिधीहरु रहेको हुनाले बित्नै लागेको आर्थिक बर्षमा पर्सामा बिगत बर्षको तुलनामा नगञ्य मात्र बजेट फ्रिज हुने अनुमान लगाउन थालिएको छ । जनताका आधारभुत काम भन्दा पनि कर्मचारी र जन प्रतिनिधीहरुको गोजस्वमा जाने गरी धमाधम बिकास निर्माणको बाहाना बनाएर समाजिक बिकासको नाममा एकै दिन एकै स्थानमा बिभिन्न समाजिक संस्थाको ब्यानर टांग्दै यौटै कार्यक्रममा सहभागि ब्यक्तिहरुलाई अलग अलग कार्यक्रम भन्दै हस्ताक्षर गरेर रकम ब्रम्हलुट मच्चाउने गरिएको तथ्य बाहिरिएपछि पर्सागढ़ी नगरपालिकाका कसुरदारहरु नाँगेझार बन्ने भएका छन् ।हालैमात्र नगरपालिकाले बिना कोरम परिषद गरेको बहाना बनाएको र त्यसमा पनि ऐन कानूनले परिभाषित गरेको ब्यक्तिलाई आउँदो आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम बाचन गर्न नलगाइ भाडामा ल्याइएका ब्यक्तिले अन्य स्थानीय तहले निर्माण गरेको नीति तथा बजेट तलमाथि गरी कपि पेष्ट गरिएको ऐन कानून पढे बापत ५ लाख रुपैंया“ भुक्तानीको लागि बिल पेश भएपछि त्यो नपाले कति सम्म भ्रष्टाचार र अनियमितता गरेको छ भन्ने कुरा पुष्टी भएको छ ।
अनियमितता र भ्रष्टाचारको सिलसिला यतिकैमा कहाँ रोकिनु र मासिक रुपमा मेयर लोकनारायण यादवले आफ्नो निकटष्थ नातेदारहरुलाई ऐन कानून बिपरित बोर्डबाट पारित नै नगराई लाखौं आर्थिक सहयोग बाँडेका छन् भने कसैलाई थाहै नदिएर अस्ती १७ गते अज्ञात स्थानमा बन्द कोठामा कागजी सार्वजानीक सुनवाई गरेको नाममा ५ लाख रुपैयाँ जनताको जीवनस्तर सुधार्ने रकम लुटिएको छ । अझै बेमौसममा आर्थिक बर्ष शुरु हुनै लाग्दा उपभोक्तालाई दिनुपर्ने तालिमको नौटंकी सृजना गरी त्यहाँ पनि ५ लाख खर्च देखाइएको छ ।अझ त्यतिले मेयर साहबलाई कहाँ पुग्यो र ओबिसी कार्यक्रममा ५ लाख र ४५ जना जेष्ट नागरिकलाई प्रति ब्यक्ति १ सय रुपैयाँको फलफूल बितरणमा ४५ सयको बिल बन्नुपर्नेमा ५ लाख रुपैयााको बिल पेश गर्न लगाइयो ।उता कोटेशन नै गुपचुप राखि बारा जिल्लाको फर्मसँ मिलिभगत गरि बिउ बिजन, आर्गनिक मल खरिद बितरण, धारा, मोटर, हुमपाइप, बिद्यालय फर्निचर,लगायतका प्रति शिर्षकमा २०÷२० लाख रुपैयाँ छुट्याइ नत खरिद, नत बितरण गरि कागजमा पत्रमा खरिद र बितरण देखाएर काल्पनिक तस्विर खिचेर ब्रम्हलुट मच्चाउँदा समेत स्थानीय राजनीतिक दल निरिह बन्नुलाई नपाको भ्रष्टाचारको चास्नीमा ती निकाय पनि चुर्लुम्मै डुबेको होकि भन्ने अनुमान लगाउन थालिएको छ ।त्यसैगरी गुणस्तरहीन र गैरकानूनी निर्माणको नाममा समेत करोडौंको अपचलन भएपछि त्यहाँ बिद्रोहको राँको दन्किएको बताइन्छ भने यसले धेरैको भबिष्य डुब्ने गरी अख्तियारमा मुद्दा पर्ने भएको छ ।