पर्सा , असार २५
जनता टेलीभिजनकर्मी प्रतिमा चौधरी आमसञ्चार प्राधिकरणको सदस्य पदमा मनोनित हुनुभएको छ । चौधरी प्रदेश नम्बर २ को आमसञ्चार प्राधिकरणको सदस्य पदमा मनोनित हुनुभएको हो ।जनता टेलिभिजन स्थापना कालदेखि नै समाचार वाचिकाको रुपमा कार्यरत चौधरी भोजपुरी भाषाको अन्तर्वार्तासमेत सञ्चालन गर्नुहुन्छ ।भोजपुरी भाषाको कार्यक्रम सञ्चालन गर्ने नेपालकै पहिलो सञ्चालिकासमेत रहनुभएकी चौधरीले रेडियो वीरगञ्जबाट पत्रकारिता शुरू गर्नुभएको हो ।एबिसी टेलिभिजन, तराई टेलिभिजन, रेडियो राजधानीलगायत सञ्चारमाध्यममा विगत १८ वर्षदेखि क्रियाशिल पत्रकार चौधरीको अनुभवले प्राधिकरणको उद्देश्य प्राप्तिमा थप योगदान पुगोस्, ज्योति दैनिकको तर्फबाट हार्दिक शुभकामना।