काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल)को इलिमिनेटर खेलमा चितवन राइनोजमाथि कर्णाली याक्सले शानदार जित निकालेको छ ।
यो जितसँगै कर्णाली याक्सले दोस्रो क्वालिफायर खेल्ने पक्का भएको छ । चितवन राइनोज भने उपाधि होडबाट बाहिरिएको छ ।
जितका लागि १ सय ७६ रनको लक्ष्य पाएको चितवनले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ५४ रन मात्रै बनाउन सक्यो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रन जोडे पनि जितका लागि पर्याप्त भएन ।