पर्सा , असार २५


नेपाल पत्रकार महासंघ पर्साबाट निर्वाचित हुने सबै पत्रकारहरुलाई सशस्त्र प्रहरी बल नेपाल गण नम्बर १३ ले सम्मान गरेको छ । आफ्नै कार्यालय परिषरमा अनौपचारिक कार्यक्रम गरी सशस्त्र प्रहरीले जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै निर्वाचित पत्रकारहरुलाई सम्मान गरेको हो ।पत्रकारहरुलाई थप हौसला प्रदान होस् भनी गएको बैशाखको तेस्रो सातामा सम्मान गर्ने सशस्त्रको तयारी कोरोना महामारीले अहिलेसम्म धकेलिए १३ नम्बर गणका गणपति प्रहरी उपरिक्षक राजेन्द्र खड्काले बताए । कोरोनाको पूर्ण निशेधाज्ञाकालमा यस्तो कार्यक्रम गर्न सम्भव थिएन । अवस्था अलि खुकुलो हुँदै गएपछि सुरक्षा सतर्कता पनि अपनाउँदै बल्ल निर्वाचित पत्रकारहरुलाई सम्मान गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणले जनाएको छ ।पत्रकार पनि समाजका लागि खट्ने र सुरक्षाकर्मी पनि समाजकै लागि काम गर्ने भएकोले यस्ता सम्मानले थप हौसला बढ़ने नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारीले बताए ।समाजमा हरेकले गरेका कमिकमजोरी औल्याउने पत्रकारले सशस्त्रका पनि राम्रा कामलाई साथ दिने र केही गल्ती कमजोरी गरे औल्याउने कुरा अनौपचारिक कार्यक्रममा नै उनले प्रष्ट पारे ।सम्मान कार्यक्रममा महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, केन्द्रिय परिषद् सदस्य तुलसी भण्डारी (विजय), महेशचन्द्र गौतम, विजय कुशवाहा, प्रदेश नम्बर २ का महासचिव श्याम बन्जारा, प्रदेश परिषद् सदस्यहरु, पर्साका अध्यक्ष अनुप तिवारी, उपाध्यक्षद्वय युवराज खड्का र सुष्मा शर्मा, सचिव भूषण यादव, सह सचिवद्वय जियालाल साह र जितेन्द्र साह, कोषाध्यक्ष संजिब मिश्र लगायत कार्यसमिति सदस्यहरु कविता खड्का, श्याम कुसवाहा, सफल खतिवडा, पुष्प तिम्सिना, तिवारी यादव, सुभाष राम, अजय चौरसिया, नरेश सर्राफ, अमित अग्रवाल सहभागी भएका थिए । सहभागी सबै संचारकर्मीहरुलाई सम्मान सहित एक थान प्रेस ज्याकेट पनि मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।