

पर्सा , असार २५
नेकपा एमालेका युवाहरुद्वारा पकाहामैनपुर गाऊँपालिकाको ,वार्ड नं ४ टोल लहावरथकरीमा लगातारको परेको वर्षा कारण त्यहाँका स्थानियको घरमा पानी पस्दा प्रभाबित भएकाहरुलाई राहत वितरण गरिएको छ।खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा घर डुबानमा परेको थियो ।बाढीपीडितको रासनको लागि अत्यन्तै नै आवश्यकता परेको हुनाले गाऊँपालिकाका स्थानीयबाट त्यहाँका बाढि पीडितको अवस्था बुझी एकजनाले जानकरी गराउदा समय न हेरी त्यहाँ पुगेर त्यहाँको अवस्था बुझेर केही बेरमै नेकपा एमालेका युवा नेताहरुले ५० घर परिवारलाई राहत वितरण गरेका छन।राहत समाग्रीमा १ बोरा चामल गरी ५० जनालाई राहत सामग्री बितरन गरिएको छ।कहिपनी बाढी पिडितबाट प्रभाबित भएकालाई आवश्यकता छ भने खबर गर्दा हामी त्यहा पुगी हेरी राहत सामग्री दिने छौ भने नेकपा एमालेका युवा नेता अकलेश साहले बताए।गाऊँपालिका अध्यक्ष बिजय कुमार चौरसियाले भोटको राजनीति गरी आफ्नो आसेपासेलाई घरमा बोलाई कूपन दीइ राहत बितरन गरेकोले गरीब बिपन्न परिवारले राहत पाउन नसकेको कारण हामीले राहत बितरन गरेको भने नेकपा एमालेका नेता राजेश सहनीले बताए। उक्त कार्यक्रममा नेकपा एमालेका युवा नेता प्रमोद पटेल, कृष्णा कुशवाहा , भगवानलाल पटेल , नबिन रजक , नीरज पटेल , चन्दन पटेल लगायतको उपस्थिति रहेको थियो ।