वीरगंज,कार्तिक ११
दशैंको टीकाको दोस्रो दिन आज (मंगलबार) पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदैछ । विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ ।