पर्सा , असार २८
पर्साको बहुदरमाइ नगरपालिकामा एक जना वृद्धको पोखरीमा डुबेर मृत्युु भएको छ।मृत्यु हुनेमा बहुदरमाइ नगरपालिकाको वडा नं ६ टोल गम्हरिया बस्ने बर्ष ६५ को नगिना साह कानु रहेका प्रहरी चौकी महुवनका प्रहरी सहायक निरिक्षक अवधलाल साहले जानकारी गराए।राती दिशा गर्न गएका बेला स्थानिय रामनरेस साहको माछा पोखरीमा डुबेर मृत्यु भएको र राती अबेरसम्म घर न आउदा परिवारजनले प्रहरीलाई जानकारी गराएका थिए। जानकारी हुन लगतै रातीदेखी नै खोजतलास गर्दा पोखरीमा साहको शव मृत अवस्थामा फेला परेको इलाका प्रहरी कर्यालय पोखरियाका प्रहरी निरिक्षक दीपक थापाले जानकारी गराउनु भयो ।घटना स्थलमा प्रहरी पुगि मुचुल्का गरी लाशको पोस्टमार्डमको लागि नारायणी अस्पताल बिरगंजमा पठाइएको प्रहरी निरीक्षक थापाले बताउनु भयो ।