पर्सा , असार २८


जिल्ला प्रहरी कार्यालय पर्सा मातहत खटिएको टोली र सशस्त्र प्रहरी बिओपी आईसीपीले भारतीय खाली कण्टेनरबाट गाँजा बरामद गरेको छ । नेपालमा सामान अनलोड गरेर हेटौँडाबाट पर्साको आईसीपी हुदै भारततर्फ जान लागेको एच आर ५५ एम २२०९ नम्बरको भारतीय कण्टेनरमा लुकाएर राखिएको गाँजा सशस्त्र प्रहरीले आज बरामद गरेको हो ।भारतीय कण्टेनरमा गाँजा लोड भएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका टोली र सशस्त्र प्रहरी निरीक्षक सुरेश लामाको नेतृत्वमा रहेको सशस्त्र प्रहरीको टोलीले आईसीपीबाट भित्र इन्ट्रि गर्न रोक्दा गाडी रोकी चालक फरार भएको भारतीय कण्टेनरमा खान तलासी गर्दा कण्टेनरको हुटमा लुकाएर राखिएको गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजाको परिमाण २३ वटा पोकाभित्र २४७ केजी लागू औषध गाँजा बरामद गरिएको छ। ।गाँजा कहाँबाट कसरी आएको हो भन्ने विषयमा अहिले अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बरामद गरिएको गाँजा र ट्रकलाई लागू औषध सम्बन्धि कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। साथै उल्लेखित ट्रकको सवारीधनी तथा चालकको तादुरुकताका साथ खोजतलास भइरहेको पर्सा प्रहरीले जनाएको छ।