पर्सा , असार २९


नेकपा एमाले निकट विद्यार्थी तथा युवाहरुद्वारा प्रधान न्यायाधीशको पुत्ला दहन गरिएको छ।वीरगन्जमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पुत्ला दहन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसला विरुद्ध वीरगञ्जमा राष्ट्रिय यूवा संघ नेपाल पर्सा, अनेरास्ववियु पर्सा र नेपाल राष्ट्रिय खेलकुद महासंघ पर्साको संयुक्त आयोजनामा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरिएको हो।युवा संघका अध्यक्ष महमद निजाममा नेतृत्वमा निस्केको विरोध प्रदर्शनमा पुत्ला दहनसहित मसला जुलुलसले नगरको विभिन्न भाग परिक्रमा गरेको छ । संवैधानिक इजलासले संसद् पुनःस्थापनासँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको परमादेशविरुद्ध युवा विद्यार्थीहरु सडकमा उत्रिएको अनेरास्ववियुका केन्द्रीय सदस्य हेमन्त तामाङले बताउनुभयो।विरोध र्यालीमा पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा केहि बेर माइस्थान र आदर्शनगर चौकमा समेत झडप भएको थियो।आजको कार्यक्रम बारे जानकारी पाएपछि घन्टाघरमा सयौंको संख्यामा प्रहरी तैनाथ पारिएता पनि आन्दोलनकारीले घण्टाघर छाडेर माईस्थान चौक र आदर्शनगरलाई केन्द्रीत गरि विरोध प्रदर्शन गर्दा प्रहरी रनभुल्लमा परेका थिए।विरोध प्रदर्शनमा केन्द्रिय सदस्य रबि गुप्ता, चन्दन गुप्ता ,अनिल कुमार गुप्ता (रोसन) ,महमद मेराज ,शिवजि गुप्ता ,युवा नेता संतोष पासवान, अकलेश साह, कृष्णा कुशवाहा ,राम किशोर सिंह ,हेमन्त तमाङ्ग लगायत सयौँ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।