पर्सा , असार ३०
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले माधवकुमार नेपाल नेकपा एमाले सरकार ढालेर नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको बैशाखी बनेको आरोप लगाएका छन् ।मंगलबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ खुवाएपछि नेता नेपालले हात मिलाएर पहिलो बधाई दिएका हुन् ।

सोही कुरालाई लिएर टिप्पणी गर्दै थापाले माधव नेपाल आफ्नै पार्टीको सरकार ढालेर देउवालाई पहिलो बधाई दिन आतुर रहेको बताएका छन् । उनले सरकार ढाल्न एमालेभित्रका २३ जनाको गद्दारी गरेको भन्दै नाम पनि बताएका छन् ।यो सबै २३ जना गद्दारीको परिणाम भएको भन्दै उनले वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, डा. भिम रावल,रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल लगायतको नाम लिएका छन् ।

उनले लेखेका छन् – ‘नेकपा एमाले र अध्यक्षकाे नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाकाे बैशाखी बन्ने र पहिलाे बधाई दिन आतुर माधव कु.नेपालकाे निम्ति त याे हर्षविभाेर क्षण हाेला!जनादेशविपरित परमादेशबाट श्री शेबदेकाे प्रममा नियुक्ति”हलाे ताछी मुङ्ग्राे बनाएजस्तै”हाे।यिनै २३काे गद्दारीकाे परिणाम त हाे!’