पर्सा , असार ३०
कोभिड १९ को संक्रमण सुरु भए लगतै नेपालमा संक्रमण फैलन नदिनको लागि बन्दाबन्दी गर्नु भन्दा कोरोना संक्रमणबाट बच्न सकिने विभिन्न सुरक्षात्मक उपायहरुबारे सचेतनाहरु सुरु गरिएको छ । विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले आ आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेका छन् यस संक्रमणलाई समुदाय स्तरमा फैलन नदिन साथै यसबाट हुने क्षतिन्यूनीकरण गर्ने उद्देश्यले राहत सामाग्री वितरण गरिएको दिव्य यूवा क्लवका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले जानकारी दिनुभयो ।

एक्सन एड नेपाल तथा दिव्य यूवा क्लवको साझेदारी तथा स्थानीय कार्यक्षेत्रकापालीकाहरुको सहकार्यमा आईसोलेसन सेन्टर तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारिहरु तथा पोखरीयानगरपालीका वडा नं. ७ रानीगंजमा केहि केहिदिन अगाडी होम आईसोलेसनमा रहेका व्यक्तिहरुको लागि स्वास्थ्य सुरक्षा सामाग्रीहरु समेत वितरण गरिएको क्लवका कार्यकारी निर्देशक कुर्मिले बताउनु भयो ।
कोरोना संक्रमणको पहिलो र दोस्रो लहर सकिए पछि अहिले फेरि तेस्रो चरणको नयाँ भेरियन्ट देखिन सुरु भएकोले अहिलेको अवस्थालाई मध्यनजर गरि महिला अधिकार कार्यक्रम संचलनमा रहेका वडाहरुमा संचालित स्वास्थ्य चौकीहरुमा कार्यरत कर्मचारिहरुको लागि पुनः प्रयोग गर्न मिल्ने पि.पि.ई. ५ सेट, ग्लभ्स ५ प्याकेट, सर्जिकल मास्क १० प्याकेट, सेनिटाईजर ५ लिटरको २ जार, फेस हेड १० थान, ह्याण्डवास १ थान, अक्सीमिटर १ थान प्रदान गरिएको छ । त्यसैगरि पोखरीया आइृसोलेसन सेन्टरको लागि पनि स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गरिएको छ ।

जस अन्तरगत अक्सीजन कन्सन्ट्रेटर १ थान, पुनः प्रयोग गर्न मिल्ने पि.पि.ई. २० सेट, १ सय प्याकेट, सर्जिकल मास्क २० प्याकेट, सेनिटाईजर ५ लिटरको २ जार, फेस हेड १ सय थान, ह्याण्डवास (५०० एम.एल.) २० थान, सुतिको तौलिया १० थान, तन्ना २० थान, तकिया २० थान, तकियाको खोल २० थान, सोडियम क्लोरिन १ जार, अक्सीमिटर १० थान र थर्मलगन १ थान रहेका छन् ।

त्यस्तै पोखरीया नगरपालीका वडा नं. ७ रानीगंजमा केहि दिन पहिला होम आईसोलेसनमा बसेका कोरोना शंकास्पद विरामीहलाई हर्लिक्स ५०० ग्राम, सर्जिकल मास्क १ प्याकेट, सेनिटाईजर ५०० एम.एल. १ थान, अक्सीमिटर १ थान, डिजिटल थर्मोमिटर, डस्टबीन, साबुन, स्यानीटरी प्याड लगायतका समाग्री वितरण गरिएको छ ।
वितरण गरिएका सामाग्रीहरुको प्रयोगले कोरोना संक्रमणको असहज परिस्थितिमा सहज तरिकाले कार्य सम्पादनगर्न तथा संक्रमणबाट आफु तथा अरुलाई बचाउन सकिने पोखरीया नगरपालीकाकी उपप्रमुख सल्माखातुनले भन्नुभयो ।
कार्यक्रममा पोखरीया नगरपालीकाकी उपप्रमुख सल्माखातुन, पोखरीया अस्तालका आईसोलेसन फोकल पर्सन संजय कुमार, वडा अध्यक्ष नन्दलाल पटेल लगायतको उपस्थिति रहेको दिव्य यूवा क्लवका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले जानकारी दिनुभयो ।