पर्सा, असार ३०
जिल्ला प्रहरी कार्यालय पर्साले जबरजस्ती करणी गरेको अभियोगमा बहुदरमाई नगरपालिकाबाट १ जनालाई पक्राउ गरेको छ ।१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बहुदरमाई नगरपलिका वडा नं २ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई पक्राउ गरेको हो ।१५ वर्षीया बालिकालाई मिति २०७८/०३/१४ गते अन्दाजी १२:३० बजे बालिकाको घरमा गई निज सुत्ने कोठामा प्रवेश गरी निजलाई विवाह गर्ने र जागिर लगाइदिने प्रलोभनमा पारी सखुवाप्रसौनी गाउँपालिका वडा नं ४ स्थित बासघारी लगी जबरजस्ती करणी गरेको र आफू साथै राखी पटक पटक जबरजस्ती करणी गरेको पीडित बालिकाको अभिभावकले जाहेरी दिदाँ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।पक्राऊ परेका कनुलाई जबरजस्ती करणी गरेको अभियोगमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।