पर्सा, श्रावण १
जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध ईन्जेक्सन र नाईट्राभेट ट्याब्लेट सहित २ जनालाई पक्राउ गरेको छ।मिति २०७८/०३/३१ गते साझ अं ४ बजे वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोकस्थित बाट्ट लागू औषध सहित पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्सा तथा लागु औषध ब्यूरोबाट खटिएको संयुक्त टोलीले शंकितरुपमा पैदल हिँडिरहेका २ जनालाई रोकी जाँच गर्दा पक्राउ परेका हुन।काभ्रे जिल्ला साँगा नगरपालिका वडा नं.१३ बस्ने ४४ वर्षका कृष्ण खड्काले लगाएको जिन्स पाईन्टको कम्मर पेटीको भागमा पत्रिकाले बेरी ल्याएको अवस्थामा लागु औषध नुर्फिन १५० एम्पुल, डाइजेपाम १४८ एम्पुल र फेनारगन १५० गरी जम्मा ४४८ एम्पुल तथा दुबै खुट्टामा पाइन्टभित्र सेतो टेपले बेरेको अवस्थामा लागु औषध नाईट्राभेट ट्याब्लेट २० पत्तामा जम्मा ६०० ट्याब्लेट समेत फेला परेकोले लागु औषधहरू बरामद गरीएको छ।लागु औषध ओसारपसार गर्न खड्काको साथ लागी आएका काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं.१० बस्ने २७ वर्षका सविन हुमागाईँ समेतलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।