पर्सा , श्रावण १
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जबाट ६ जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका-१५ नेशनल मेडिकल कलेज छेउकाे निर्माणधीन भवनको माथिल्लो तल्लामा जुवा खेलिरहेको सुचना थाह पाई जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेकाे हाे।पक्राउ पर्नेमा, वीरगञ्ज ६ का श्यामबाबु सोनार, वीरगञ्ज १५ का सुनिल सर्राफ,वीरगञ्ज ३ का अली असगर अन्सारी, वीरगञ्ज १६ का भगवानप्रसाद महत्तो, बारा महागढीमाई १० का धिरेन्द्रप्रसाद जैसवाल र रौतहट गौर १ का रमेश चौधरी रहेका छन्।यस्तै, भारत बिहारका रामबाबुप्रसाद सोनार पनि पक्राउ परेका छन्।उनीहरुकाे साथबाट प्रहरीले १ लाख ५८ हजार रुपैयाँ सहित १० बुक ताससमेत बरामद गरेकाे छ।उनीहरुमाथि सार्बजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकता विरुद्धको कसुर ( जुवा) अन्तर्गत अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।