पर्सा, श्रावण १


जिल्ला प्रहरी कार्यलय पर्साले सहयोग गर्ने बहानामा पटक-पटक जबरजस्ती करणी अभियोगमा गर्ने २ जनालाई पक्राउ गरेको छ । रूकुम जिल्ला घर भएकी १९ बर्षीया महिला काठमाण्डौँ कलंकीबाट २०७८।०३।२७ गते विहान बुटवल जाने भनि २ बर्षीय छोरा सहित ना.५ ख २८७० नम्बरको ट्रकमा चढेका थिइन्।उक्त ट्रकका चालक पर्सा जिल्ला बीरगञ्ज म.न.पा.वडा नं.२१ बस्ने सुनिल महत्तोले चितवन रामनगर सम्म ल्याइ जबरजस्ती करणी गरेका थिए।चालक महत्तोले २०७८।०३।२९ गते दिउँसो १ बजे अर्को ना.६ ख ३३६९ नम्बरको ट्रक चढाइ ति महिलालाई पठाइ दिएको र त्यसपछि उक्त ट्रकका चालक पर्सा जिल्ला पोखरिया न.पा.वडा नं.६ बस्ने २५ वर्षका शिववालक महत्तोले वुटवल जाने भनि वीरगञ्ज तर्फ ल्याइ आफू, सहचालक र अर्को एक व्यक्ति समेतले पटक-पटक जबरजस्ती करणी गरेको पर्सा प्रहरीले जनाएको छ। शिववालकले २०७८।०३।३० गते बेलुका ५ बजे वीरगञ्ज म.न.पा.वडा नं.१७ स्थित ड्राईपोर्टमा ओराली अलपत्र पारी हिंडेकोमा प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले उद्धार गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ पीडितसंगको सोधपुछ गर्दा घटना उजागर भएको हो।सोधपुछका आधारमा पछिबाट चालक सुनिल महत्तो र शिववालक महत्तोलाई गाडी सहित पक्राउ गरीएको र बाँकी दुई जनाको खोजी कार्य भइरहेको साथै पक्राउ परेका विरूद्द जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।