पर्सा, साउन २
युवालयले २८ जना किशोेरीहरुलार्ई विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको छ ।बीरगन्ज महानगरपालिका वडा नम्बर १६ मिथिला नगर र वडा नम्बर १९ विन्दवासिनीका किशोरीहरुलाई स्वास्थ्य सामाग्री (हाइजिन किट) वितरण गरिएको हो । शुक्रबार युवालयका कार्यसमिती सदस्य जया साहको नेतृत्वमा किशोरीहरुको आवश्यक्तालाई मध्यनजर गर्दै हाइजिन किट वितरण गरिएको हो ।

साहका अनुसार युवालयले ४ पिस प्याड, कपडा धुने र नुहाउने २/२ पिस साबुन, १ पिस नेल कटर, सेनिटाइजर, पियुष, मञ्जन २ पिस, १ पिस रुमाल, ब्रस १ पिस, कट्टु ३ पिस लगायतका सामागी वितरण गरेको हो ।विशेष गरी बालबालिका, किशोरी, गर्भवती एवम् सुत्केरी महिलाहरुको क्षेत्रमा युवालयले काम गर्दै आएको संस्थाका साधारण सदस्य विकास साहले बताए । संस्थाले यसअघि नै बीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीका ३० जना किशोरीहरुलाई हाइजीन किट वितरण गरेको थियो ।हालसम्म ५८ जना किशोरीहलाई हाइजीन किट वितरण गरेको कार्यसमिती सदस्य जया साहले बताए ।
