पर्सा , साउन ३
ठोरी गाउँपालिका २ गौतमनगरका दुइवटा पसलमा गएराति चोरी भएको छ । गौतमनगर चोक बाट पुर्वतिर रहेको सोनिका चिया नास्ता पसल(विशेष गरी म:म: बनाउने पसल) र संगै रहेको हरी बिष्णु स्विट एण्ड चाट सेन्टर नामक मिठाइ पसलमा गएराती चोरी भएको हो ।
सोनिका नास्ता पसलको पश्चिम पट्टीको झ्याल भत्काएर भित्र पसेको र गल्लामा ताल्चा लगाएकाले गल्ला नै बारीमा लगेर फोडेको अवस्थामा भेटिएको सोनिका नास्ता पसलका प्रोप्राइटर सोम बहादुर पाण्डेले रेडियो बिजयबस्तीलाई बताए । गल्ला भित्र करीब ३० हजार नगद, बैंक चेक तथा सयपत्री बचत तथा ऋण सहकारीको पासबुक रहेकोमा पैशा बाहेक पासबुक तथा अन्य कागजात भिजेको अवस्थामा आज बिहान फेला परेको पाण्डेले बताए ।
साथै उक्त नास्ता पसलको नजिकै रहेको हरी बिष्णु स्विट एण्ड चाट सेन्टरमा समेत चोरी भएको छ । उक्त पसलबाट करीब ५ सय नगद र मिठाई चोरी भएको बताइएको छ । गल्लामा ४/५ सयमात्र नगद रहेकोले ठूलो क्षति हुन नपाएको बताइएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय ठोरीमा जानकारी गराइएको र प्रहरीले आज बिहान घटनास्थल पुगेर जानकारी लिएको पाण्डेले बताएका छ्न ।