पर्सा , साउन ३
पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं १ र २ को बिचमा पर्ने ढेडु खोला नजिक रहेको बिद्युत लाठा बाढीले ढलेपछि वडा नं १ मा बिद्युत आपूर्ति बन्द भएको छ।
गएरातिदेखि भएको लगातार बर्षाका कारण खोलामा आएको बाढीले लाठा ढलेको हो ।लथा ढलेपछि वडा नं. १ मा गएराति देखिनै बिद्युत अवरुद्ध रहेको शिक्षक केशव प्रसाद रेग्मीले बताउनु भयो ।
अहिले पनि निरन्तर वर्षा भैरहेको र वर्षा रोकिने बित्तिकै बिद्युत सुचारु गर्न ठोरी १ का बासिन्दाले बिद्युत प्राधिकरणलाई आग्रह गरेका छ्न ।