पर्सा,साउन ३
पर्सा प्रहरीले १३ वर्षिया नबालिका बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ । पर्साको ठोरी गाउँपालिका ५ सुवर्णपुरका ४८ वर्षिय सुनिल कुमार परियारलाई प्रहरीले बलात्कार गरेको जाहेरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।गत असार ३१ मा पीडित नबालिकाको शारीरिक र मानसिक व्यवहारमा अस्वाभाविक परिवर्तन देखेपछि परिवारजनले सोधपुछ गर्दा बलात्कार गरिएको बताएपछि प्रहरीमा जाहेरी दर्ता गरेपछि पक्राउ परेको हो ।आरोपित परियारले आफ्ना नाबालक छोराहरूसँग पीडित बालिका खेल्न आएको मौकाछोपेर आफू बस्ने गरेको घरको कोठाभित्र लगेर बालिकालाई जबरजस्ती बलात्कार गरेको जाहेरीका आधारमा शुक्रवार साँझ पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जनाए ।प्रवक्ता खनालका अनुसार पक्राउ गरिएका परियारलाई आज अदालतबाट म्याद थप गरि जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान सुरु गरिएको छ ।