बारा , साउन ३
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर -१६ टांगियाबस्तीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विधालयमा कक्षा आठमा अध्यनरत ३० जना छात्राहरूलाई साइकल वितरण गरिएको हो ।
उपमहानगरपालिकाले प्रदेश नम्बर २ को मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको सहयोगमा ” बेटी पढाउ बेटी बचाउ ” अभियान अन्तर्गत वडा नम्बर-१६ टांगियाबस्ती स्थित सो बिद्यालयको कक्षा ८ मा अध्यनरत ३० जना छात्राहरुलाई प्रमुख अतिथि माननीय पारस साहले एक कार्यक्रमका बिच साइकल बितरण गरेका हुन्।
उक्त कार्यक्रममा विशिस्ट अतिथि अजय पटेल ,जिल्ला समन्वय समितिका उपप्रमुख पवन व्याहुत, जसपा क्षेत्रीय अध्यक्ष कमलेश मण्डल,नगर अध्यक्ष शिवनाथ पटेल,युवा अध्यक्ष सुजित पाण्डे,स्थानीय नेता सोमबाहादुर मगर,लगायत शिक्षक ,विधाथी स्थानीय तथा संचारकर्मीहरुको उपस्थिति रहेको युवा अध्यक्ष सुजित पाण्डेले बताए ।कार्यक्रम रमेश सापकोटाको अध्यक्षतामा गरिएको थियो।