पर्सा , साउन ३
वीरगञ्ज महानगरपालिकास्थित नारायणी अस्पतालमा ट्रान्सर्फमर जडान र अन्य व्यवस्थापनका लागि सूर्य नेपाल प्रा.ली.ले नगद ३० लाख रकम सहयोग गरेको छ । वीरगञ्ज महानगरपालिकाको कार्यालयमै सूर्य नेपालका प्रबन्ध निर्देशक प्रभाकर साहले नगरप्रमुख विजय कुमार सरावगीलाई नगद ३० लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।प्रदेश नम्बर २ कै सबैभन्दा ठूलो र पूरानो सरकारी अस्पतालमा ट्रान्सफर्मर जडान र अन्य व्यवस्थापनका लागि उक्त रकम सहयोग गरिएको सूर्य नेपालका प्रबन्ध निर्देशक साहले बताए । चेक ग्रहण गर्दै नगरप्रमुख सरावगीले नारायणी अस्पतालको व्यवस्थापनमा उक्त सहयोग उपयोगी हुने र रकमको सही सदुपयोग हुने विश्वास व्यक्त गरे ।नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधान, नारायणी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप कुमार निरौला लगायतको उपस्थितीमा चेक हस्तान्तरण गरिएको मेयर सरावगीका स्वकिय सचिब पिन्टु उपाध्यायले जानकारी दिए।