बिरगंज , साउन ०३


बिरगंज उद्योग बाणिज्य संघले आज थप ३ समितिहरु बिस्तार गरेको छ । विस्तारित समितिमा प्रर्दशनी महोत्सव समिति, बैंक तथा वित्त समिति र होटल तथा पर्यटन समिति रहेको छ । प्रर्दशनी महोत्सव समितिको संयोजकमा गोविन्द प्रसाद शाह , सह–संयोजकमा मनोजकुमार शर्मा, बैंक तथा वित्त समितिको संयोजकमा आशीष लाठ र होटल तथा पर्यटन समितिको संयोजकमा अनोज रुँगटालाई मनोनयन गरेको अध्यक्ष सुबोध गुप्ताले जानकारी दिनु भयो । बिस्तारित कार्यक्रममा संघका अध्यक्ष सुबोधकुमार गुप्ताले मनोनीतहरुद्वारा समितिहरुको काम कारवाही प्रभावकारी ढङ्गबाट अगाडि बढाउनु हुने छ भनी विश्वास लिएको बताउनुभयो । साथै विस्तार समितिहरुले आफ्नो लक्ष्य प्राप्त गर्न सकेको खण्डमा मात्र संघले आफ्नो समग्र उद्देश्य पूरा गर्न सहज हुने बताउनु भयो । त्यसैगरि मनोनीत समितिका संयोजकहरुले आफूहरु माथि विश्वास गरी समितिको संयोजक तथा सह–संयोजकमा मनोनयन गर्नुभएकोमा आभार प्रकट गर्दै आ–आफ्नो समितिको काम कारवाही आफूहरुले भ्याएसम्म सक्षमतापूर्वक अगाडि बढाउने आश्वासन दिनुभयो । सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपालको उपस्थिति रहेको थियो ।