पर्सा ,साउन ४
पर्सा प्रहरीले अवैध हतियार सहित एक जनालाई पक्राउ गरेको छ।पर्सा सखुवाप्रसौनी गाउँपालिका वडा नं.५ महुवन बस्ने ६० वर्षका रामबाबु प्रसाद कलवारलाई अवैध हतियार सहित पक्राऊ गरिएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दीपक थापाले बताए।आफ्नै घर भित्र अवैध हतियार लुकाई छिपाई राखिएको सुचना पाएपछि आज विहान ०९:०० बजे प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले कलवारको घर खानतलासी गर्दा सुत्ने कोठाभित्र लुकाइ छिपाई राखिएको एयर गन १ थान फेला परेपछी कलवार पक्राउ गरिएको हाे।कलवारलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याई हात हतियार सम्बन्धी कसूरमा अनुन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक थापाले बताए।