बारा , साउन ४


बाराको परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा आज वडा कार्यालयको नव निर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । करिब ४० लाखको लागतमा सो भवन निर्माण भएको वडा अध्यक्ष गजेन्द्र प्रसाद पटेलले बताउनु भएको हो । भवनको उद्घाटन गर्दै अध्यक्ष पटेलले आफ्नो भवन आज देखि सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै अब यस वडा बासीको लागि सेवा दिनमा धेरै सहज भएको बताउनुभयो । वडाको आफ्नै भवनमा आयी सकेपछि आफू सिंहदरबार मैं आएको जस्तो प्रतिक्रिया दिनुभयो । अध्यक्ष पटेलले आफ्नै कार्यकालमा यसको माथि थप गरेर दुईतले भवन निर्माण गर्ने योजना रहेको बताउनुभयो । वहाँले यस उपलब्धि हासिल गर्नमा यस वादका सबै राजनीतिक दल, समाजसेवी, युवा बुद्धिजीवी, वडा सदस्य, कर्मचारी लगाएतको ठूलो सहयोग रहेको र यसको लागि धन्यवाद दिँदै आउने दिनहरुमा विकास निर्माणको कार्यमा सहयोग गरिदिन आग्रह समेत गर्नुभयो । उद्घाटन कार्यक्रममा वडा सचिव सन्तोष कुमार नेपालीले नयाँ भवन निर्माण भईसकेपछि हामी कर्मचारीहरुलाई पनि काम गर्नमा सजिलो भएको खुशी व्यक्त गर्नुभयो । यस कार्यको लागि वडा बासीहरुलेपनी वडा अध्यक्ष पटेललाई धन्यवाद दिदै वडाको विकासको कार्यहरूलाई अगाडि बढाउँदै जन सुझाव दिएका थिए । कार्यक्रममा गाउँपालिकाका उपप्रमुख सावित्री देवी, वडा नं १ का वडा अध्यक्ष मिश्री महतो, वडा नं २ का वडा अध्यक्ष इशवरि साह तेली , प्रहरी चौकी बुनियादका प्रहरी इन्चार्ज सुनिल सिंह राजपूत लगायत सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।