बारा, साउन ४
बाराको देवताल गाउँपालिका वडा नं - ४ पिप्राढीमा नव निर्मित समुदायिक सझेदारी प्रहरी चौकीको भवन बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उद्धघाटन गर्नु भएको छ । कार्यक्रमको सभापति तथा देवताल गाउँपालिकाका अध्यक्ष चन्दन कुमार सिंहको विशेष पहलमा प्रहरी चौकीको स्थापन हुने भएको छ । गाउँपालिका क्षेत्रभित्र एउटा पनि प्रहरी चौकी नभएको गाउँपालिका बासीको शान्ति सुरक्षा तथा कुनै घटना दुर्घटन भएको बेला शान्ति सुरक्षाको ममलामा धेरैनै कठिनाई भोग्नु परिरहेको कुरा अध्यक्ष सिंहले औंल्याउन भएको थियो ।

कार्यक्रममा मन्तव्यको क्रमा प्रहरी प्रमुख दिपेन्द्र साहीले नयाँ प्रहरी चौकीको स्थापना भयो तर २०१२ को प्रहरी ऐन अनुसारनै हामी सेवा दिन्छौं । प्रहरी चौकी स्थापना भएसगै गाउँघरका शान्ति सुरक्षा तथा तस्करी, जाड रक्सी, जुवा, तास सेवन गरेर धेरै युवाहरु बिग्रीने अवास्थामा पुगेका छन् त्यस्ता त्यस्ता घटना घटनाहरुलाई नियन्त्रण गरेर एउटा सभ्य समाजको निर्माण होस भन्ने हाम्रो चाहना रहनेछ प्रहरी प्रमुख दिपेन्द्र साहीले बताउनु भयो । सो कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल , गाउँपालिकाका उप-प्रमुख रामापति देवी सबै वाडका वडाध्यक्षहरु समाज सेवी ,बुधी जिवी, शिक्षक तथा नागरिक समाजको उलेखनिय सहभागीता रहेको थियो।