रौतहट , साउन ४
रौतहटबाट सिक्सर पेस्तोलसहित तीनजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत मोतिहारी ग्राम बिजबनी बिहार घर बताउने २२ वर्षीय देवेन्द्र यादव , २९ वर्षिय सुधीर कुमार यादव र २४ वर्षिय सन्दिप कुमार रहेका छन् ।मौलापुर नगरपालिका-५ स्थित मौलापुरदेखि कलैया जाने सडक खण्डमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले सवारी साधन तथा पैदल आवत जावत गर्ने व्यक्तिलाई चेक जाँच गर्ने क्रम प्रहरीले बिआर ०५ एपि ४०१६ नम्बर र बिआर ०५ ई ६४३४ नम्बरको मोटसाइकल जाँच गर्दा बिआर ०५ एपी ४०१६ नम्बरको मोटरसाइकल चालक देवेन्द्रलाई उक्त पेस्तोल सहित फेला पारी तिनै जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।