कन्हैया पटेल / बिरगंज । लायन्स क्लब बिरगंज सेंट्रल सिटी र लायन्स क्लब प्रभु अस्पतालको संयुक्त आयोजनामा आर्थिक साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकन्डरी स्कुलमा आयोजित भएको थियो।
क्लबकी अध्यक्ष डा. लक्ष्मी थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षक कबिता खड्का एरिया चिफ लायन श्याम गुप्ता,प्रभु बैंकका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई आर्थिक साक्षरता सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रममा प्रभु बैंकका अध्यक्ष दिगम्बर गुप्ता, डा. निरञ्जन साह, निर्देशक डा. उमेश चौरासिया, र प्रभु बैंक मधेस प्रदेशका प्रमुख भूषण गुप्ता, चन्दन गुप्ता,मुकेश गुप्ताको गरिमामय उपस्थिति रहेको थियो।
उनीहरूले आर्थिक साक्षरताको महत्त्वबारे आफ्ना विचार राख्दै यस किसिमका कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय सचेतना विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
आयोजकहरूले आगामी दिनमा पनि यस्ता शिक्षामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सो आर्थिक साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रममा
गोल्डेन फ्युचर सेकन्डरी स्कुलका कक्षा नौ र दसका करिब ८० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो।