कन्हैया पटेल / बिरगंज । लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्म उत्सवको उपलक्ष्यमा आज लायन्स क्लब अफ बीरगंज आदर्शनगर द्वारा बिकन स्कुलका विद्यार्थीहरु लाई बौधिक बिकाश परिक्षण (आई.क्यु )कार्यक्रम सम्पन्न गरेको छ। बिरगंज महानगरपालिका भगवती टाेल स्थित स्कुलमा कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रमका प्रमुख अतिथी दोस्रो डिस्ट्रीक गभर्नर लायन राम बिहारी पाण्डेको आतिथ्य एवं लायन्स क्लब अफ बीरगंज आदर्शनगरका अध्यक्ष बिमल जैनको अध्यक्षतामा सम्पन्न भएको छ। विशिष्ट अतिथिमा समाजसेवी प्रकाश उपाध्यया, डिस्ट्रीक चिफ प्रकाश बाहेति ,मनिष अग्रवाल,सन्जय अग्रवाल,प्रदिप डालमिया,मोहन लाल पारिक,ओमकार चाचान
बिकन स्कुलका संचालिका मुना खनाल,शिक्षक जय कुमार दनुवार,सुबाश भट्टराई एवम् लायन्स क्लब अफ बीरगंज आदर्शनगरका अन्य पदाधिकारीहरु तथा शिक्षक शिक्षिका,संचारकर्मीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।
बौधिक बिकाश परिक्षण (आई.क्यु ) कार्यक्रममा ४५ जना विद्यार्थीहरु सहभागीता रहेको हो। उक्त कार्यक्रममा सहभागी भएको विद्यार्थीले पहिलो,दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए तिनै जना विद्यार्थीहरु लाई प्राइज समेत दिईएको थियोे भने अरु सहभागी विद्यार्थीहरु लाई पनि कलर पेनको पाकेट दिईएको लायन्स क्लबका डिस्ट्रीक चिफ प्रकाश बाहेति जानकारी गराएका थिए।