कन्हैया पटेल / बिरगंज । नेपाल आयल निगमको ५५ औं वार्षिक उत्सवको अवसरमा प्रमुख जिल्ला अधिकारी मार्फत मानव सेवा आश्रम बीरगंज शाखालाई कम्बल तथा एक थान वाशिग मेसिन सहयोग ग़रीएको छ। आज बिहिवारका दिन मानवसेवा आश्रममा एक कार्यक्रमको आयोजना गरि वाशिग मेसिन १ थान र कम्बल ३० थान सहयोग गरिएको हो।
उक्त कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आतिथ्यमा एवम् विशिष्ट अतिथिमा नेपाल आयल निगम बिरगंज शाखाका प्रमुख रमेश ज्ञवाली,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी निरीक्षक दिपेन्द्र मल्ल,बिरगंजका उधोग बाणिज्यसंघका वरिष्ठ उपाध्यक्ष हरि गौतम मानवसेवा आश्रमका अभिभावक प्रकाश थारु,उधोग बाणिज्यसंघ बिरगंजका पुर्व अध्यक्ष एवम् वरिष्ठ उधोगपति गणेश लाठ लगाएतकाहरुको उपस्थिति रहेको थियो।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार चिसोका कारण प्रभावित संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत
यस प्रकारका राहत कार्यले आश्रमलाई केही हदसम्म चिसोको सामना गर्न मद्दत पुग्ने उनले बताए ।
उक्त कार्यक्रममा मानवसेवा तथा बिरगंज प्रमुख मुना पुलामीको उपस्थिति थियो। समाजिक अभियान्ता ओम झा एवम् सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो।
मानवसेवा आश्रम बिरगंजका संस्थापक अध्यक्ष देवेशले कार्यक्रम संचालन गर्नु भएको थियो।