वीरगञ्ज । वीरगञ्जको गहवामाई मन्दिर प्राङ्गणमा आगामी शनिवार २ हजार १०० वटा दियो बालेर दीप प्रज्वलन गरिने भएको छ ।
राम जन्मभूमि भारतको अयोध्यामा भगवान् श्रीरामको प्राण प्रतिष्ठा तथा राम मन्दिर उद्घाटनको वार्षिक उत्सवको अवसरमा आगामी शनिवार वीरगञ्जको गहवामाई मन्दिर प्राङ्गणमा २ हजार १ सय वटा दियो बालेर दीप प्रज्वलन गर्न लागिएको कार्यक्रमको आयोजना गरिने भएको गहवामाई मन्दिर सञ्चालन समितिका अध्यक्ष नरेन्द्र साहले जानकारी दिए ।
उनका अनुसार यही पुस यही २७ गते शनिवारका दिन गहवामाई मन्दिर प्राङ्गणमा साँझ ५:३० बजे २ हजार १०० वटा दियो बालिनेछ ।
उक्त दीप प्रज्वलन कार्यक्रममा सहभागी भइदिन समितिले सम्पूर्ण भक्तजनमा सार्वजनिक अपिल गरेको छ ।