पर्सा , साउन ५
प्रदेश नम्बर २ मा हालैमात्र उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा नियुक्ती हुनु भएकोमा नेपाली कांग्रेसका नेता तथा बीरगंज उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष पुख्र्यौली घर राजस्थानको सीकर जिल्ला श्रीमाधोपुर कस्बे निबासीहरु खुशीले गदगद भएका छन । उनका बाबु बाजेहरु नेपालको बीरगंजमा पूजा आराधना गर्नको लागि आएको भएपनि बिस्तारै यहाँकै वाताबरणमा सजीँदै राजनीतिक क्षेत्रमा समे हैसियत निर्माण गर्दै मन्त्री सम्म बन्न पुगेकोमा श्रीमाधोपुरका बासिन्दा हर्षित बन्दै खुशियाली मनाउन थालेका हुन । त्यसो त भारतीय मूलका ब्यक्ति अहिले बिशाल अमेरिेकाको उप राष्ट्रपति छन भने नेपाली मूलका मानिस समेत बेलायतमा नगरपालिकाको प्रमुख बनेका छन । भारतीय मूलका भएपनि नेपाल आएपछि त्यहाँको ऐन कानून पालना गर्दै नेपाल र नेपालीको बृहत्तर हितमा लागेको हुनालेने ओम प्रकाश शर्माले निरन्तर सफलताको शिखर चढेको कुरा उनका पुख्र्यौली गाउँका बासिन्दा बताउँछन ।