बीरगंज । बीरगंज सशस्त्र प्रहरीले पर्सा जिल्लाका विभिन्न ठाउँको छुट्टाछुट्टै चौकबाट अवैध रूपमा भन्सार छली नेपल भित्र्याएका समान सहित प्रतिबन्धित लागू औषधि सहित मानिस पक्राउ एवम् इन्जिन ओएल सहित स्कुटर नियन्त्रणमा लिईएको छ।
सशस्त्र प्रहरीको भन्सार गस्ती तथा सुरक्षाका लागि खटिएको गुल्मको टोलीले चेकजाँच गर्ने क्रममा बीरगंज महानगरपालिका को वडा नम्बर १६ रजत जयन्ती चौकबाट इन्जिन ओएल सहित स्कुटर नियन्त्रणमा लिईएको हो।
भने अर्को बिरगंज महानगरपालिका वडा नम्बर १६ भिस्वा चौकबाट ईन्डियन नम्बर बी.आर.२२ एम ७९८७ ग्लाइमर मोटरसाइकमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा गुटका मोटरसाइकलसहित सो सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको बिरगंज भन्सार कार्यालय १६ चेक पोइन्ट अगाडि बाट साइकलमा राखेर कोर्डिन फोस्फेट र टिप्रोलोडिङ हाइड्रोक्लोरोडिन सिरप १०० एम. एल को प्रतिबन्धित लागू औषधि सहित एक युवकलाई नियन्त्रणमा लिएका छन्। पक्राउ भएका युवक बारा जिल्लाको जितपुर , सिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवाना घर भएका अनिल राई रहेका छन । ती युवकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी चौकी इनर्वामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाले जानकारी दिएका थिए ।