पर्सा , साउन ५
नापी कार्यालय पर्साको लापरवाही बढ्दै गएपछि पर्साबासीहरू लाई दुःखेसो पोख्नु परेको छ।पर्सा जिल्लाको सुगौली बिर्ताको वडा नम्बर २६ मा जग्गाको नयाँ नापीको बिषयलाई लिएर निकै ठूलो विवाद सृजना हुन थालेको छ । त्यहाँ रहेको सबै बासिन्दा मध्ये ८० प्रतिशत जग्गा दर्ता गर्न अर्झै बाँकी रहेको भएपनि नापी कार्यालय पर्साको प्रमुख राम बिनय सिँहले बदनियतपूर्ण रुपमा सर्वसाधारणलाई बिल्लीबाठ बनाउने खेलमा लागेको समाचार प्राप्त भएको छ । भूूमाफियाहरुलाई धमाधम दर्ता नभएको जग्गा दिने र रकम कुम्ल्याउने योजना अनुरुप कार्यालय प्रमुख सिंहले जन प्रतिनिधीलाई समेत अवज्ञा गरिरहेको बताइन्छ । यसै बिषयलाई लिएर आजै वडा अध्यक्ष शम्भु् मिश्रको नेतृत्वमा गाउँका सर्वसाधारणको टोली जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर सबै घटनाको जानकारी गराई केही समयलाई रोकी जग्गाको दर्ता कार्य संचालनमा ल्याउन माग गरेको समाचार प्राप्त हुन आएको छ । वडामा हजारौं परीवार जग्गा दर्ताबाट बञ्चित रहेको अवस्थामा नापीले बदनियत राखेमा ठूलो बिद्रोह हुने अनुमान समेत लगाउन थालिएको छ ।