कन्हैया पटेल । बिरगंज । सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा १०० थान स्वेटर र ५० थान टोपी बितरण कार्यक्रम सम्पन्न भएको छ। बिरगंज महानगरपालिका वडा नम्बर २ स्थित छ्पकैयामा अल्पसंख्यक सामुदायका बालबालिकाहरुको लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतकार्यक्रममा राज होजियारीको सहयोगमा सो बितरण कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा मुख्य अतिथी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक किशोर लम्साल थिए भने अतिथिमा प्रविण विक्रम शाह,प्रेम कुमारी सिंह,अब्दुल कैश मिया ,अजित कुमार भुजेल लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको अध्यक्ष गयासु मिया ठकुराईको अध्यक्षतामा सम्पन्न भएको हो।
अध्यक्ष गयासु मिया ठकुराईका अनुसार चिसोका कारण प्रभावित संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत यस प्रकारका राहत कार्यले बालबालिका लाई केही हदसम्म चिसोको सामना गर्न मद्दत पुग्ने उनले बताए ।