कन्हैया पटेल । बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा द्वारा मानवसेवा आश्रम बीरगंज सिरिसियामा आश्रित आमाबुवाहरु तथा मानसिक रोगको लागी अति आवश्यक पर्ने औषधिको साथै फलफुल आश्रमका व्यवस्थापक देवेश प्रसाद लाइ हस्तान्तरण गरिएको छ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेत, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी निरीक्षक लोक राज भट्ट,आश्रमका अभिभावक प्रकाश थारु, समाजसेवी युवाहरु, ओम कुमार झा, साजन शाह कानु, पियुष गुप्ता, पवन गुप्ता, प्रधुमन सर्राफ, सन्दिप यादव लगाएतकाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि नायव उपरीक्षक किशोर लम्सालले भने आउने दिनमा जिल्ला प्रहरी कार्यालय तथा व्यक्तिगत तर्फ बाट पनि मानवसेवा आश्रमलाई सधै साथ र सहयोग रहने छ।
उक्त पुण्य कार्यक्रम को योजना बनाउनु भएकोमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईज्यु लाइ बिशेष आभार र धन्यवाद व्यक्त गरे।