पर्सा , साउन ५
वीरगञ्जको नारायणी अस्पताललाई बैंक अफ काठमाण्डौले ५ थान प्यासेन्ट मोनिटर उपलब्ध गराएको छ । मंगलबार एक कार्यक्रमकाबीच बैंकले अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभलाई सात लाख मूल्य बराबरको उपकरण हस्तान्तरण गरेको हो ।
अस्पतालमा उपचार सेवा प्रभावकारी होस भनेर बैंकले ५ थान प्राविधिक उपकरण उपलब्ध गराएको बैंक अफ काठमाण्डौका प्रदेश २ प्रमुख दिपक श्रेष्ठले बताए ।कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.विरेन्द्र बहादुर प्रधान, अस्पताल विकास समिति सदस्य सुरेन्द्र गुप्ता, वैंक अफ काठमाण्डौ वीरगञ्ज शाखा प्रमुख सुरेस यादव, सन्देस पोखरेल, युवा अभियन्ता ओमप्रकाश सर्राफ लगायतको सहभागिता रहेको थियो ।