कन्हैया पटेल / बिरगंज । राप्रपा पर्सा जिल्ला कमिटीद्वारा ३०३औ पृथ्वी जन्मजयंती मनाइएको छ। आज एक कार्यक्रम आयोजना गरी मनाईएको हो।
राप्रपा पर्साका जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्याय को अध्यक्षता मा संपन्न भएको सो कार्यक्रमको प्रमुख अथितिमा राप्रपाका राष्ट्रीय सलाहकार परिषदका सदस्य रामबहादुर थापा अथितिमा प्रदेश कोषाध्यक्ष जगरनाथ प्रसाद कुर्मी, जिल्ला उपाध्यक्ष तथा प्रवक्ता मनोज कुमार मिश्र, प्रदेश सदस्य भारत भूषण पाण्डे, जिल्ला सचिव पन्नालाल पटेल ,महिला उपाध्यक्ष निरा झा लगायत को उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण अथिति हरु ले आ आफनो मंतव्य राखेका थीए।
कार्यक्रमका प्रमुख अथिति राष्ट्रीय सलाहकार परिषदका सदस्य रामबहादुर थापाले आफनो शुभकामना मन्तवय राखदै राष्ट्रीयमा अहिले एकतामा अनेकता बढ़ेको हुदा घेरै किसीमको संकट खड़ा भएको बताए। उनके भने राष्ट्रीयलाई बलियों बनाउन हामीले अहिले पृथ्वी नारायण साह को उपदेश अनुसार चलन आवश्यक रहेको बताए।