पर्सा , साउन ५


बिरगंज महानगरपालिकाको सडक फराकिलो गराउन कुनै कसर बांकी नराख्ने एमालेका युवा नेता अकलेस साह बताएका छन। ओबिसि पर्साका अध्यक्ष समेत रहनु भएका साहले यस्तो कुरा बताउनु भएको हो । उहाले बिरगंजको बिकाशको लागी आफु हर सम्भव लागीपरेको र यस कार्यमा बिरगंज बासीहरुलाई पनि साथ दिन आग्रह गर्नुभयो । फरक प्रसंगमा कुराकानी गर्दै वहाले निवर्तमान प्रभानमन्त्री केपी ओलीको देश बिकाशको लहरलाई देखेर बिपक्षी दल लगायत पार्टीका केही नेताहरु मिली सरकार ढालेको र पार्टीलाई कमजोर बनाउनेमा लागेको र आफुहरु कुनै पनी हालतमा सफल हुन नदिने बताए। उहाले खासगरी पर्सा जिल्लामा मधेशी दल पुर्ण बहुमत ल्याएपनि जनताको लागी केही गर्न नसकेको र नेकपा एमाले अब सकृय भएर अगाडी बढने ठोकुवा गर्नुभयो । उहाले पाटीका सबै नेता, कार्यकर्ता लगायतलाई पार्टीमा एकढिक्का भएर लाग्न आग्रह गर्नुभयो । उहाले बिरगंज माहानगरपालीका वडा नं २३ प्रसौनीमा स्कुलको भवनको लागी आफनो पहलमा पटक पटक गरी कुल ६० लाखको लागतमा दुईतले भवन अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाले आफु सधै जनताको हक, हितको लागी राजनीतिमा लागेको र जीवनभरी जन्ताको सेवा गर्न पछी नहटने प्रतीबद्धता जनाउनुभयो । अन्त्यमा उहाले पार्टीले दिेने हरेक जिम्मेवारीलाई इमान्दारिताका साथ पुरा गरेर देखाउने दृढता ब्यक्त गर्नुहुँदै बीरगंजको मुख्य सडक फराकिलो बनाउनको लागि अव फेरि जस्तोसुकै आन्दोलन गर्नपनि तयार हुने नयां पुस्ताको लागि आधुनिक र बिकासे शहर बीरगंजको अवधारणालाई पुरा गर्नको लागि कुनै कसर बांकी नराख्ने गरि सबैको सहयोग लिएर अघि बढ्ने दृढता समेत ब्यक्त गर्नुभयो ।